
काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको दर्शन गरेका छन् ।
झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्राको उद्घाटनका लागि बैतडी पुगेका अध्यक्ष ओलीले देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवती मन्दिरको दर्शन गरेका हुन् ।
ओलीसहित एमाले नेताहरू दर्शनसँगै सन्ध्याकालीन आरतीमा समेत सामेल भएका थिए ।
मन्दिर दर्शनसँगै अध्यक्ष ओलीले आजै पार्टी कार्यालयको उद्घाटनसमेत गरेका छन् । अध्यक्ष ओलीले आजै पाटनमा आयोजना गरेको कार्यक्रमलाई पनि सम्बोधन गरेका थिए ।
















प्रतिक्रिया