
काठमाडौं, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले ६ जना पदाधिकारी थपेको छ ।
रास्वपाको महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले एक जना उपाध्यक्ष, दुई जना सहमहामन्त्री र तीन जना सहप्रवक्ता गरी ६ जना पदाधिकारी थपेको हो ।
जसअनुसार उपाध्यक्षमा डा। स्वर्णिम वाग्ले, सहमहामन्त्रीमा विपिन आचार्य र सुमन श्रेष्ठ, सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईं मनोनीत भएका हुन् ।
यस्तै, एमालेका दिवंगत नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी रास्वपाको केन्द्रीय कोषाध्यक्षमा चयन भएकी छिन् ।
बसुमाया तामाङ र दीपक बोहोरालाई सहकोषाध्यक्ष बनाउँदै लिमालाई कोषध्यक्ष मनोनित गरिएको हो । संसदीय दलको उपनेता रहेका विराजभक्त श्रेष्ठलाई सचिवालय सदस्य बनाइएको छ ।
रास्वपाले रास्वपाले अनिल केशरी शाह, राजन गौतम, डा। नन्दन यादव, पुकार बम र कामिनी चौधरीलाई केन्द्रीय सदस्य बनाएको छ । रास्वपाले पार्टीका १४ जना सांसदलाई पनि आजै केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।















प्रतिक्रिया