बिहीबार, १० फागुन २०८०
DainikNepal.com
बिहीबार, १० फागुन २०८०

एमालेको सरकार ढलेपछि मुलुकको विकास र समृद्वि रोकियो: केपी शर्मा ओली

दैनिक नेपाल २०८० मंसिर १३ गते १९:५७

काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा विकास र समृद्धि रोकिएको बताएका छन् ।

मध्य पहाडी लोक मार्ग पदयात्राको उद्घाटनको लागि बैतडी पुगेका अध्यक्ष ओलीले एमालेको सरकारको पालामा नेपालको विकास देखेर विश्व नै चकित परेको र विश्व बैंकले नेपाललाई उदाउँदो ताराको संज्ञा दिएको बताए ।

तीव्र गतिमा विकास भएका १० देशमा नेपाल पर्छ भनिएकोमा अहिले गठबन्धनको सरकार आएपछि विकास रोकिएको उनको भनाइ छ । २०७२ सालमा गएको भूकम्पले ध्वस्त पारेका घरहरुको पुनर्निर्माणको विश्वले प्रशंसा गरेको र कोभिड संक्रमणका बेला गरिएको पहल र क्रियाकलापले विश्व स्वास्थ्य सङ्गठनले पनि नेपालको प्रशंसा गरेको अध्यक्ष ओलीले बताए ।

देशको विकास देखेर नै असंवैधानिक ढंगबाट सरकार ढालिएको ओलीले टिप्पणी गरे । पहिले एक वर्षमा १० किलो मिटर सडक कालोपत्र हुने गरेकोमा एमालेको पालामा दैनिक ५ किलोमिटर सडक बनाएको स्मरण गरे ।

अहिले मुलुकको अवस्था जर्जर बन्दै गइरहेको बताउँदै उनले सरकारले सुशासन, विकास, रोजगारी। शिक्षा दिन नसकेको टिप्पणी गरे । देशमा उद्योग बन्द भइरहेका र व्यापारीमा उत्साह नरहेको उनको धारणा छ ।

प्रतिक्रिया
सम्बन्धित