३० आश्विन २०८३, शुक्रबार

दोश्रो एनटीए लिग तेक्वान्दो प्रतियोगीता बिहीबारबाट ललितपुरमा सुरू हुँदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । नेपाल तेक्वान्दो संघको आयोजनामा दोश्रो एनटीए लिग तेक्वान्दो प्रतियोगीता बिहीबारबाट ललितपुरमा सुरु हुने भएको छ ।

संघले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मंसिर १४ गते बिहीबारबाट १६ गतेसम्म दोश्रो एनटीए लिग तेक्वान्दो प्रतियोगीता गर्न लागिएको जानकारी गराएको हो ।

प्रतियोगीतामा पुम्से र ग्यरोगी तर्फगरी ७२ स्वर्ण पदकका लागि जम्मा ६५० खेलाडीहरूले सहभागीता जनाउने संघका उपाध्यक्ष भान बहादुर चन्दले जानकारी दिए ।

प्रतियोगिताबाट खेलाडीहरूको राष्ट्रिय वरिताक्रम मापन गरी सोही बमोजिम स्तर र वर्गीकरण गरिने उनले बताए । प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र देशभरका खेलाडीहरुको सहभागीता रहने चन्दले जानकारी दिए ।

खेलहरु ललितपुरको सातदोवाटोस्थित तेक्वान्दो संघको केन्द्रीय एकेडेमी भवनमा सञ्चालन हुने संघले जनाएको छ ।