९ कार्तिक २०८३, सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा १४ जना सांसदलाई केन्द्रीय सदस्य मनोनीत

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना पार्टीका १४ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय समितिमा मनोनीत गरेको हो । यसअघि ६ जना सांसद मात्रै केन्द्रीय समितिमा थिए।

बैठकले स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, हरि ढकाल, मनिष झा, सन्तोष परियार, डा.  तोसिमा कार्की, निशा डाँगी, विनिता कठायत, डा चन्दा कार्की, असिम शाह, लक्ष्मी तिवारी, अशोक चौधरी, शिव नेपालीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

यसअघि ६ जना सांसदमात्रै केन्द्रीय समितिमा थिए । यसअघि रास्वपाको केन्द्रीय समिति ३९ सदस्यीय थियो।