बिहीबार, १० फागुन २०८०
DainikNepal.com
बिहीबार, १० फागुन २०८०

श्रीलंकाले सडक विकासका लागि एडीबीबाट ६ करोड अमेरिकी डलर ऋण लिंदै

दैनिक नेपाल २०८० मंसिर १३ गते ८:३६

कोलम्बो, १३ मंसिर । श्रीलंकाले सडक निर्माणका लागि एसियाली विकास बैंक (एडीबी)बाट ६ करोड अमेरिकी डलर ऋण लिन मंगलबार सम्झौतामा हस्ताक्षर गरेको छ ।

सडक सुरक्षामा सुधार गर्न र सर्वसाधारणलाई पर्न जाने असुविधा न्यूनीकरण गर्न समग्र एकीकृत सडक लगानी कार्यक्रमअन्तर्गत सडक निर्माण र विस्तार गर्न लागिएको विभागले विज्ञप्तिमार्फत जनाएको छ ।

एडीबीको सहुलियतपूर्ण साधारण पुँजीगत स्रोतबाट ऋण उपलब्ध गराइने र चौथो किस्ताको कुल लगानी लागत ६ करोड ८५ लाख डलर अनुमान गरिएको छ । जसमध्ये ८५ लाख डलर सरकारले व्यहोर्ने सहमति भएको विभागले जनाएको छ । सिन्ह्वा

प्रतिक्रिया
सम्बन्धित