बिहीबार, १० फागुन २०८०
DainikNepal.com
बिहीबार, १० फागुन २०८०

आजबाट हेटौंडामा एसियाली बुद्धिचाल प्रतियोगिता

दैनिक नेपाल २०८० मंसिर १३ गते ७:५२

मकवानपुर, १३ मंसिर । हेटौंडामा आजदेखि ‘हेटौंडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ को आयोजना हुने भएको छ ।

मंसिर १७ गतेसम्म सञ्चालन प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंकाका गरी एक सय २० जना खेलाडीको सहभागिता रहने मकवानपुर बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताका विजेताले एक लाख २५ हजार, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र पाउने अध्यक्ष श्रेष्ठले बताए ।

यसैगरी प्रतियोगितामा चौथो हुनेले २५ हजार र पाँचौँ हुनेले २० हजार रुपैयाँ जित्नेछन् । यस्तै छैठौंँदेखि दशौँं स्थानसम्मका प्रत्येक प्रतियोगिले १५ हजार, एघारौँदेखि पन्ध्रौँसम्मले ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानीयलगायत विभिन्न विधामा ३८ जना खेलाडीले नगदसहित पुरस्कार प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

स्वीस नियमअनुसार नौ राउन्डमा हुने प्रतियोगिता आयोजना गर्नका लागि करिब ६२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित