१ कार्तिक २०८३, आइतबार

उत्तराखण्डमा १७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको शकुसल उद्धार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, १२ मंसिर । विगत १७ दिनदेखि उत्तराखण्डको उत्तरकाशी एक निर्माणाधीन सुरुङमा फसेका ४१ जना मजदुरलाई शकुसल बाहिर निकालिएको छ।

उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार गरिएका ती व्यक्तिलाई भेटेका छन्। उद्धारकर्ताहरूले ती मजदुरलाई ९० सेन्टिमिटर व्यासको पाइपबाट एक/एक गर्दै बाहिर निकालेका हुन् ।

नजिकै गएको एउटा पहिरोका कारण ढुङ्गा र माटो थुप्रिएपछि ती मजदुरहरू सुरुङभित्र थुनिएका थिए।

अधिकारीहरूले एउटा बेग्लै सानो पाइपमार्फत् भित्र फसेका ती मानिसहरूलाई अक्सिजन, खानेकुरा र पानी पठाइरहेका थिए।

सुरुङभित्र नजिकै पहिरो आएपछि मजदुरहरू सुरुङमा थुनिएका थिए। उद्वार लगत्तै उनीहरूको स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ ।