बिहीबार, १० फागुन २०८०
DainikNepal.com
बिहीबार, १० फागुन २०८०

मनिराज डंगोलद्वारा लिखित ‘बुद्धको कर्मवाद तथा चौथो “स” पुस्तक बिमोचन

दैनिक नेपाल २०८० मंसिर १२ गते २०:०६

काठमाडौं, १२ मंसिर । सम्पदा अभियन्ता तथा नेकपा एमाले काठमाडौं जिल्ला सदस्य मनिराज डंगोलद्वारा लिखित ‘बुद्धको कर्मवाद तथा चौथो “स” नामक पुस्तक बिमोचन भएको छ ।

शनिबार नेपाल कम्यूनिष्ट पार्टी (एमाले) द्वारा नेपाल संवत् ११४४ न्हुदँया भिंतुनाको अवसरमा काठमाडौंको बसन्तपुरमा आयोजित शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रममा उक्त पुस्तकको बिमोचन गरिएको हो ।

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले डंगोलको नयाँ कृति ‘बुद्धको कर्मवाद तथा चौथो “स” को बिमोचन गरेका थिए ।

पुस्तकमा बुद्धको कर्मवादसँग सम्बन्धित दर्शनदेखि परम्परागत राजनिती नै समृद्धिको बाधक भएको र उद्योग व्यवसायीको चिन्तन लगायत मूल विषय बनाएर मिहिन ढंगले लेखक मनिराज डंगोलले केलाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित