बिहीबार, १० फागुन २०८०
DainikNepal.com
बिहीबार, १० फागुन २०८०

माछापच्छ्रे बैंकले ल्यायो FINPOS कारोबारमा ध्वनी प्रविधि

दैनिक नेपाल २०८० मंसिर १२ गते १९:११

काठमाडौं, १२ मंसिर । डिजिटल बैंकिङ्गमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक POS मेसिनमा Instant Payment Notification प्रविधिको शुभारम्भ गरेको छ ।

यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक भएको छ । नेपालभरका FINPOS ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनी (Sound) बाट पनि भुक्तानीको सुचना दिने गरी माछापुच्छ्रे बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको हो ।

अब माछापुच्छ्रे बैंकका FINPOS  मर्चेन्टहरुले Card, QR (Nepal Pay वा FonePay) र M-Smart NFC  मार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनी मार्फत हुने जानकारी गराउँदछौं ।

जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ कार्ड कारोबार प्रति लोकप्रियता एवम् विश्वासनियता अझ बढ्ने अपेक्षा गरिएको छ, साथै भविष्यमा नगद रहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ ।

यस सुविधाबाट माछापुच्छ्रे बैंकका हजार भन्दा बढी FINPOS POS  राख्ने मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् ।

साथै अन्यकुनै मर्चेन्टहरुलाई यो प्रविधि चाहिएको खण्डमा माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द«मा सम्र्पक राखिउक्त सेवा सजिलै जाडन गर्न सक्नेछन् ।

यस बाहेक फरक फरक माध्यमहरु मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधैं तत्पर रहेको छ ।

बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिदैं पहिलो डिजिटल “Smart Bank” को रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढि रहेको छ ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित