
काठमाडौं, १२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने भएको छ ।
तनहुँ–१ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद वाग्लेलाई पार्टीको विधानअनुसार उपसभापति बनाउने तयारी रास्वपाले गरेको हो ।
रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ। महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा उनलाई उपसभापति बनाउने निर्णय गरेको हो ।
त्यस्तै, रास्वपाले ११ जना केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी गरेको छ। रास्वपाको अहिले ३९ सदस्यीय केन्द्रीय समिति छ।















प्रतिक्रिया