९ कार्तिक २०८३, सोमबार

शंखरापुरका स्थानीयमाथि प्रहरीले दमन गरेको भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीको प्रदर्शन (भिडिओ)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदी (बोदिनी) मा स्थानीयमाथि प्रहरीले दमन गरेको भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा स्थानीयले अघि सारेको मागलाई सम्बोधन गर्नुको साटो स्थानीयहरूलाई नै प्रहरीले दमन गरेको भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीले विरोध प्रदर्शन गरेको हो ।

लप्सीफेदीमा सबस्टेसन निर्माण गर्ने विषयमा विवाद हुँदै आएको छ ।

त्यस्तै सो पार्टीले एमसीसीको खारेज गर्नुपर्ने, असमान सन्धी सम्झौता खारेज गर्नुपर्ने लगायतका माग राख्दै नारावाजीसहित प्रदर्शन गरेको हो ।