बिहीबार, १० फागुन २०८०
DainikNepal.com
बिहीबार, १० फागुन २०८०

बसाईंसराई रोक्न तीनवटै सरकार सजक हुनुपर्छ: मन्त्री बस्नेत

दैनिक नेपाल २०८० मंसिर १२ गते १४:०६

काठमाडौं, १२ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जनसंख्याको बसाइसराई रोक्नका लागि तीनवटै सरकार सजक हुनु पर्ने बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा मंगलबार काठमाडौंमा आयोजना गरेको जनसंख्या र बसाईसराई व्यवस्थापनको सबलीकरण सम्बन्धी परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले विकासको न्यायोचित वितरण नभएका कारण बसाईसराईको चाप शहरी क्षेत्र र तराईमा बढेको र पहाडको घटेको बताउँदै बेलैमा व्यवस्थापन गर्न नसकिए त्यसले समस्या निम्ताउने बताएका हुन् ।

मन्त्री बस्नेतले हिमाल र पहाडबाट जनसंख्या शहरी क्षेत्रमा बसाईसराई बढ्दै जाने र शहरी क्षेत्रमा जनसंख्याको चाप थेग्नै नसकिने गरी बढ्नु भविष्यका लागि समेत चिन्ताको बिषय भएकोले यसको समाधानमा अहिले देखि नै सरोकारवाला लाग्नु पर्नेमा जोड दिए ।

त्यस्तै उनले चिकित्सा शिक्षा पढ्न नपाएर पनि धेरै जसो युवा जनशक्ति विदेश पलायन भइरहेको भन्दै निकट भविश्यमै चिकित्सा शिक्षा ऐन संसोधन गरेर नेपाल भित्रै पढ्न पाउने वातावरण बनाउनले दावी गरे ।

कार्यक्रममा अन्तर्राष्ट्रिय आप्रवासन संगठनकी प्रतिनिधि हेनेल फोर्सले खुला सीमानाका कारण पनि नेपालमा बसाईसराई बढेको बताउदै राज्यले बसाईसराईलाई व्यवस्थित गर्न सके विकासले गति लिन सक्ने धारणा राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित