२ कार्तिक २०८३, सोमबार

हमासको नियन्त्रणबाट विपिन जोशी छुटाउन नेपालले इजिप्टलाई पनि गुहार्‍यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । हमासले इजरेली र विदेशी गरी झन्डै छ दर्जन बन्धक मुक्त गरिसक्दा पनि नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे स्पष्ट जानकारी प्राप्त हुन नसकेको नेपाली कूटनीतिक अधिकारीहरूले बताएका छन्।

जोशी हमासको नियन्त्रणमा भएको ठानिएको छ। केही साताअघि इजरेली सेनाले हमासको नियन्त्रणमा एक नेपाली बन्धक पनि भएको प्रमाण फेला परेको जनाएको थियो।

उनलाई छुटाउन “आवश्यक सबै किसिमको पहल जारी” राखिएको नेपाली अधिकारीहरूले बताएका छन्। नेपाली पक्षले अहिलेसम्म जोशीबारे कुरा गर्न हमाससँग सीधा सम्पर्क गरेको छैन।

परराष्ट्रमन्त्री एनपी साउदले जोशीलाई छुटाउन उक्त प्यालेस्टिनी लडाकु समूहसँग सम्पर्कमा रहेका देशहरूसँग कूटनीतिक पहल गर्ने प्रयास गरिएको बताएका छन्।

त्यस क्रममा नेपालले इजिप्टसँग पनि आवश्यक पहल गरिदिन औपचारिक आग्रह गरिसकेको उनले बीबीसीलाई बताए। यसअघि नेपाली पक्षले कतारसँग त्यस्तो आग्रह गरेको थियो र उसबाट सहयोगको आश्वासन पाएको थियो।