२ कार्तिक २०८३, सोमबार

सुनको मूल्य हालसम्मकै उच्च

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च विन्दूमा पुगेको हो ।

हिजो सोमबार प्रतितोला एक लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला तीन सयले बढेर १ लाख १७ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन एक लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने यथावत रहेको महासंघले जनाएको छ । आज चाँदी तोलको १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।