बिहीबार, १० फागुन २०८०
DainikNepal.com
बिहीबार, १० फागुन २०८०

इजरायल–हमास युद्ध : युद्धविराम थप दुई दिन लम्बियो

दैनिक नेपाल २०८० मंसिर १२ गते ७:१४

दोहा, १२ मंसिर । इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच गाजामा सुरु भएको चार दिने युद्धविरामको समयावधि सकिनै लाग्दा इजरायल र हमासबीचको ‘मानवीय विराम’ दुई दिन लम्बिने मध्यस्थकर्ता कतारले सोमबार जनाएको छ ।

इजरायल र हमासबीच गाजामा सुरु भएको चार दिने युद्धविराम स्थानीय समय अनुसार मंगलबार सकिँदै थियो ।

कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले एक्स (ट्वीटर)मा भनेका छन्, “जारी मध्यस्थताको एक भागको रूपमा, गाजा पट्टीमा मानवीय युद्धविरामलाई थप दुई दिन लम्ब्याउने सहमति भएको छ ।”

यसैबीच, युद्धविरामको एक पक्ष हमासले केही थप शर्तसहित युद्धविराम विस्तार हुने सूचनालाई पुष्टि गरेको छ । एएफपी

प्रतिक्रिया
सम्बन्धित