बिहीबार, १० फागुन २०८०
DainikNepal.com
बिहीबार, १० फागुन २०८०

हेरीटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीजमा सिटिजन्स् बैंकका ग्राहकलाई छुट

दैनिक नेपाल २०८० मंसिर ११ गते २०:१०

काठमाडौं, ११ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महादेवस्थान काठमाडौँ स्थित हेरीटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीजबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले हेरीटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीजमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित