बिहीबार, १० फागुन २०८०
DainikNepal.com
बिहीबार, १० फागुन २०८०

सामसङ ग्यालेक्सी एआईको नयाँ युग सुरु हुँदै

दैनिक नेपाल २०८० मंसिर ११ गते १९:४७

काठमाडौं, ११ मंसिर । सामसङ ग्यालेक्सीले अब फरक ग्यालेक्सी एआईको नयाँ युग सुरु गर्ने भएको छ। अहिले सबैको आँखा एआईमा केन्द्रित भए पनि यसको केही खास विशेषताहरु अझैसम्म मोबाइल प्रविधिमा आइसकेका छैनन्। ग्यालेक्सीले त्यसलाई बदल्ने तयारी गरेको छ।

कम्पनीका अनुसार सबैलाई सबै ठाउँमा सशक्त बनाउने गरी निर्माण गरिएको ग्यालेक्सी एआई एक विश्वव्यापी इन्टेलिजेन्स हो, जुन यसभन्दा अघि कतै थिएन। ती सबै ठाउँहरुमा, जहाँ यसको बढी महत्व हुनेछ । अवरोधरहित सञ्चारदेखि, सहज उत्पादकत्वसम्म, असीमित सिर्जनशीलतासम्म-सम्भावनाहरु ग्यालेक्सीले उघार्ने कम्पनीको दाबी छ।

ग्यालेक्सी एआईमा दुई किसिमका एआई प्रविधि समावेश छन्। सामसङद्वारा विकास गरिएको डिभाइस एआई र अरु समान विचारधाराका औद्योगिक अग्रणीहरुका साथमा ग्यालेक्सीको खुल्ला सहकार्यहरुबाट सक्षम गरिएका क्लाउडमा आधारित एआई, दुवैद्वारा संचालन हुने एक बृहत् मोबाइल एआई अनुभव हुनेछ। यसले ग्यालेक्सी सुरक्षा र गोपनीयतामा विश्वसनीयताका साथ हरेक दिनको मोबाइलसँगकोअनुभवलाई परिवर्तन गरिदिने कम्पनीको भनाइ छ।

ग्यालेक्सी एआईको फाइदाहरु के कस्तो छ भनि हेर्दा यसको एउटा मुख्य विशेषता फोन कललाई उदाहरणको रुपमा लिन सकिन्छ। एआई लाइभ ट्रान्सलेट कलले चाँडै नै प्रयोगकर्ताहरुलाई जतिबेला आवश्यक पर्‍यो त्यति नै बेलाआफ्नो पर्सनल ट्रान्सलेटर उपलब्ध गराउनेछ। किनभने यो ग्यालेक्सी डिभाइसकै कलसँग एकीकृत गरिएको छ, यसले गर्दा तेस्रो पक्षको एप चलाइरहन पर्ने झन्झट रहँदैन। अडियो र टेक्स्ट बोलेकोरलेखेकै समयमा नैअरु भाषामा अनुवाद भएर आउनेछ। यो ग्यालेक्सी एआई डिभाइसमा नै भएको हुँदा यसले गोप्य वार्तालापहरु फोनमा नै सीमित रहनेछ।

कम्पनीले भनेको छ,’आउँदो वर्षको सुरुमा ग्यालेक्सी एआईले एउटा त्यस्तो संसारमा ल्याउनेछ, जहाँ सामाजिक सञ्चारका अवरोधहरु तोडिनेछन्, र सञ्चार पहिलेभन्दाअझै सहज र अझ बढी रचनात्मक हुनेछ। यसरी एआईले हाम्रो जीवनमा ठूलो परिवर्तन ल्याउनेछ।’इभिपी र अनुसन्धान तथा विकास प्रमुख वाङजुङ चोइले भने,’मोबाइल प्रविधिसँग विश्वभरका मानिसहरुका लागि सञ्चार, सिर्जनशीलता, उत्पादकत्व र थप सक्षम बनाउने अतुलनीय शक्ति छ। तर आजसम्म हामीले मोबाइल एआईलाई वास्तविक रुपमा अर्थपूर्ण तरिकाबाट उपयोग गरिएको देखेका छैनौँ। ग्यालेक्सी एआई हाम्रो आजसम्मकै सबैभन्दा बृहत्तर इन्टेलिजेन्स हो, जसले हाम्रो फोनको परिभाषा नै बदलिदिनेछ।’

प्रतिक्रिया
सम्बन्धित