२ कार्तिक २०८३, सोमबार

जनतामा बढेको अन्योल र निराशा हटाउन एमालेको समृद्धि यात्रा : अध्यक्ष ओली (भिडिओसहित)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा अन्योल र निराशा बढ्दै गइरहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै अध्यक्ष ओलीले जनतामा अन्योल र निराशा बढ्दै गएपछि एमालेले मध्यपहाडी लोकमार्ग यात्रा गर्न लागेको बताए ।

‘जनतामा अन्योल र निराशा बढ्दै गएको छ । युवाहरु पलायन भइरहेका छन्, सरकार व्यवहारमा सफल देखिन सकेन । देश समस्याग्रस्त हुँदै गएको छ । यसको कारण के हो ? र यसको समाधान कसरी निस्किन्छ ?’ अध्यक्ष ओलीले भिडिओ सन्देशमा भनेका छन्, ‘प्रत्यक्षरुपमा जनतासँग संवाद गर्न हामी यही मंसिर १४ गते बिहानबाट महाकाली किनार झुलाघाटबाट चिवा भञ्ज्याङ पूर्वको सिमानासम्मको यात्रा गरिरहेका छौँ । मैले विश्वास लिएको छु । यो यात्रा समृद्धि यात्रा सार्थक र सफल रहने छ ।’