२७ कार्तिक २०८३, शुक्रबार

अनेमसंघ मकवानपुरको अध्यक्षमा पुनः सुमित्रा काफ्ले

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ११ मंसिर । नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) मकवानपुरको अध्यक्षमा पुनः सुमित्रा काफ्ले सर्वसम्मत चयन भएकी छन् ।

आइतबार हेटौंडामा सम्पन्न संघको १४औँ जिल्ला अधिवेशनले काफ्लेको नेतृत्वमा ५५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

कमिटीको उपाध्यक्षद्वयमा यशोदा उप्रेती र मनिला विष्ट, सचिवमा सुशिला मल्ल, उप–सचिवमा इन्दिरा तामाङ तथा कोषाध्यक्षमा सचिता भट्टराई चयन भएकी छन् ।