
डोल्पा, १० मंसिर । हिमाली जिल्ला डोल्पामा आफैंले चलाएको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको ठुलिभेरी नगरपालिका ९ स्थित मोतीपुरको चिमा भन्ने ठाउँमा आफैंले चलाएको ट्याक्टरको चक्कामा किचिएर चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका ९ का २४ वर्षीया लक्की थापा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।
शनिबार राती साडे नौ बजेतीर घटना भएको र घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको डिएसपी बुढाथोकीले बताए ।











प्रतिक्रिया