
काठमाडौं, ९ मंसिर । भारतको राजस्थानमा विधानसभा चुनावको १९९ सिटमा आज बिहानबाट मतदान सुरु भएको छ । यहाँ १९९ विधानसभा सिटका लागि १ हजार ८६३ उम्मेदवारहरू चुनावी मैदानमा छन् ।
यहाँ ५ करोड २५ लाख ३८ हजार १०५ मतदाता रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मतगणना भने डिसेम्बर ३ मा हुनेछ ।
यसैबीच करणपुर विधानसभा सिटको निर्वाचन भने स्थगित भएको छ । यहाँ कांग्रेस उम्मेदवारको निधनका कारण निर्वाचन स्थगित भएको बताइएको छ ।















प्रतिक्रिया