बिहीबार, १० फागुन २०८०
DainikNepal.com
बिहीबार, १० फागुन २०८०

जलवायु परिवर्तनको असरबारे नेपालले विश्व सामु आवाज बुलन्द गर्नुपर्छ: केपी शर्मा ओली

दैनिक नेपाल २०८० मंसिर ८ गते १६:०१

काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जलवायु परिवर्तनले पारेको असरका बारेमा नेपालले चौपचारिक रूपमा विश्व सामु आफ्नो आवाज बुलन्द गर्नुपर्ने बताएका छन् ।

पार्टीको परराष्ट्र मामिला विभाग र वन तथा वातावरण विभागद्वारा जलवायु परिवर्तन न्याय कोप(२८ मा नेपालले लिनुपर्ने अडान विषयक संयुक्त रूपमा आयोजित विज्ञहरूसँगको छलफल कार्यक्रममा बोल्दै ओलीले जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा पर्यावरणीइ संकट निम्तिन सक्ने बताएका हुन् ।

नेपालले संकट टार्न विश्व समुदायको ध्यानाकर्षण गर्न ढिला गर्न नहुने उनको भनाइ छ ।’हिमाललाई तीब्र असर पुर्‍याउने काम विकसित देशले गरिरहेका छन। त्यस बापत विकसित देशले केही रकम दिएर मात्र पुग्दैन । विकसित देशले हिमाललाई कसरी बचाउने भन्ने तर्फ ध्यान दिने बेला आएको छ,’ अध्यक्ष ओलीले भने ।

कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा परराष्ट मामिला विभाग प्रमुख डा. राजन भट्टाराईले जलवायु परिवर्तनका असरको विषय कुटनैतिक हिसाबमा प्रभावकारी लविङ गर्ने बेला आएको बताए ।

देशले संयुक्त रूपमा समस्या समधान गर्न आवाज उठाउनु पर्ने बेला आएको उनको भनाइ छ ।

पार्टी वन तथा वातावरण विभाग प्रमुख भारती पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वन्यजन्तु विभागका महानिर्देशक डा. सिन्धु ढुंगानाले कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने डा.विमला राई पौडेल, घनश्याम पाण्डे कञ्चन लामा, डा. महेश्वर ढकाल नवराज पुडासैनी लगायतले विचार राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित