बिहीबार, १० फागुन २०८०
DainikNepal.com
बिहीबार, १० फागुन २०८०

इजरायल र हमासबीचको युद्धविराम आजदेखि लागू हुँदै, बन्धक रिहाइ पनि आजैबाट

दैनिक नेपाल २०८० मंसिर ८ गते ७:५५

काठमाडौं, ८ मंसिर । इजरायल र हमासबीचको युद्धविराम आज शुक्रबारदेखि लागू हुँदैछ ।

इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले शुक्रबारदेखि युद्ध विराम हुने जनाएको हो । गाजा युद्धविराम र बन्धक रिहाई शुक्रबार बिहान सुरु हुने कतारको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

‘युद्धविराम शुक्रबार बिहान ७ः०० बजेदेखि सुरु हुनेछ  र नागरिक बन्धकहरूको पहिलो समूहलाई सोही दिन लगभग ४ः०० बजेसम्म सुम्पिइनेछ’ प्रवक्ता माजेद अल-अन्सारीले उल्लेख गरेका छन् ।

सुरुमा १३ जनालाई रिहा गरिने छ, ती सबै महिला र बालबालिका एउटै परिवारका हुन् । प्रवक्ताका अनुसार प्रत्येक दिनमा चार दिन भित्र सहमति भएका जम्मा ५० जनालाई रिहाइ गरिने छ ।

गत अक्टोबर ७ देखि युद्धमा रहेका इजरायल र हमासले बुधबार चार दिने युद्धविरामको क्रममा कम्तिमा ५० बन्धक र सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सम्झौताको घोषणा गरेका थिए ।

कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाद्वारा सहजीकरण गरिएको यो सम्झौता विस्तार र फराकिलो हुन सक्ने बताइएको छ । यो सम्झौता गाजामा रहेका २४ लाख जनतालाई सहायता प्रदान गर्ने उद्देश्यले पनि प्रेरित छ । इजरायली अधिकारीहरूले लगभग १ हजार २०० व्यक्तिहरू मारिएको र लगभग २४० जनालाई बन्धक बनाएको बताएका छन्।

गाजा पट्टीमा हमास सरकारका अनुसार त्यसबेलादेखि निरन्तर इजरायली बमबारी र भूमि आक्रमणले १४ हजारभन्दा बढी मानिसहरूको ज्यान लिइसकेको छ जसमा अधिकांश महिला र बालबालिका छन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित