३० आश्विन २०८३, शुक्रबार

विश्वकप छनोट : अर्जेन्टिनाले ब्राजिललाई हरायो

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । सन् २०२६ को विश्वकप छनोट खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोल अन्तरले हराएको छ ।

रियोको प्रतिष्ठित माराकाना स्टेडियममा आज बिहान भएको खेलमा अर्जेन्टिनाको जितमा ६३औं मिनेटमा निकोलस ओटामेन्डीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यस खेलमा खेलको ८१औं मिनेटमा जोएलिनटनले रातो कार्ड पाएपछि ब्राजिल १० खेलाडीमा सिमित भएको थियो ।

जितसँगै अर्जेन्टिना १५ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ भने ब्राजिल सात अंकसहित समूहको छैटौं स्थानमा छ ।

खेल सुरु हुनुभन्दा अघि दुई देशका समर्थकबीच केहीबेर तनाव समेत भएको थियो । ब्राजिलियन प्रहरीले तनाव नियन्त्रण लिनका लागि लाठी प्रहार गरेको थियो । खेल निर्धारित सयम भन्दा करिब ३० मिनेटको ढिलाइपछि सुरु भएको थियो ।