२ कार्तिक २०८३, सोमबार

इजरायलले दक्षिण अफ्रिकाबाट राजदूत फिर्ता बोलायो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेल अवीव, ६ मंसिर । इजरायलको विदेश मन्त्रालयले सोमबार दक्षिण अफ्रिकी अधिकारीहरूले गरेको पछिल्लो टिप्पणीपछि प्रिटोरियाका लागि इजरायलका राजदूतलाई फिर्ता बोलाएको छ । परामर्शका लागि राजदूतलाई जेरुसेलममा फिर्ता बोलाइएको छ ।

केही दिनअघि दक्षिण अफ्रिकाको सत्तारुढ दल अफ्रिकन नेसनल कङ्ग्रेस (एएनसी)ले इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्न आह्वान गरेको थियो ।

एएनसीका प्रवक्ता महलेन्गी भेन्गु-मोत्सिरीले ‘हामी पछाडि बसेर इजरायली शासनको नरसंहारी कार्यहरू हेर्न सक्दैनौं’ भन्ने टिप्पणी गरेका छन् ।

इजरायलको यो कदम दक्षिण अफ्रिकाले इजरायलबाट आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको दुई सातापछि आएको हो । एएनआई