३ कार्तिक २०८३, मंगलबार

एमाले अध्यक्ष ओली आज पर्सा आउँदै, यस्तो छ कार्यक्रम

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, ५ मंसिर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज मंगलबार पर्सा आउँदै छन् ।

पर्साको पोखरियामा आज हुने एमालेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली यहाँ आउन लागेको एमाले पर्साका जिल्ला अध्यक्ष बिश्मबर शर्माले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष ओली बिहान ९ बजे सिमरा विमानस्थल आइपुग्ने छन् भने त्यसपछि त्यहाँ करिब डेढ घण्टा स्थानीय नेता, कार्यकर्ताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओली बिहान ११ बजे सिमराबाट पोखरियास्थित कार्यक्रम स्थलतर्फ लाग्ने छन् । अध्यक्ष ओली करिब साँढे १२ बजे कार्यक्रम स्थल पोखरिया बजार पुग्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष शर्माले बताए ।

शर्माका अनुसार अध्यक्ष ओलीले बृहत पार्टी प्रवेश कार्यक्रममा पूर्व सांसद एवं जसपाका केन्द्रीय नेता हरिनारायण रौनियारलाई पार्टीमा स्वागत गर्नेछन् ।

कार्यक्रममा नेपाली कांग्रेस, नेकपा (माओवादी), नेकपा एस लगायतका जिल्ला तथा स्थानीय गरी ५ सय भन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको एमाले पर्साले जनाएको छ ।