काठमाडौं, ३ मंसिर । आईसीसी एकदिवसिय विश्वकप क्रिकेट-२०२३ को उपाधि अष्ट्रेलियाले जितेको छ ।
आइतबार भएको १३औँ संस्करणको फाइनल खेलमा आयोजक भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि जितेको हो ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टोली निर्धारित ५० ओभरमा २४० रनमा अल आउट भएको थियो ।
अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर २४१ रनको लक्ष्य पूरा गरेको थियो ।
तस्वीर : आईसीसी
अष्ट्रेलियाको जितमा ट्रेविस हेडले १३७ रनको शतक प्रहार गरे भने मार्नस लाबुसचेनले अविजित ५८ रन बनाए ।
यसअघि भारतका लागि केएल राहुलले सर्वाधिक ६६ रन बनाएका थिए । यसैगरी विराट कोहलीले ५४ रन बनाएका थिए भने कप्तान रोहित शर्माले ४७ रन बनाएका थिए ।
योसँगै अष्ट्रेलियाले छैटौं पटक एकदिवसीय विश्वकपको उपाधि जितेको हो । यसअघि अष्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ को उपाधि जितेको थियो ।
1987 🏆 1999 🏆 2003 🏆 2007 🏆 2015 🏆 2️⃣0️⃣2️⃣3️⃣ 🏆
𝙰𝚄𝚂𝚃𝚁𝙰𝙻𝙸𝙰 𝙰𝚁𝙴 #𝙲𝚆𝙲𝟸𝟹 𝙲𝙷𝙰𝙼𝙿𝙸𝙾𝙽𝚂 🎉 pic.twitter.com/QtzBty5Ewl
— ICC (@ICC) November 19, 2023