
काठमाडौं, ३ मंसिर । आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा अहिले भारत र अष्ट्रेलिया भिडिरहेका छन् ।
भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले चार विकेट गुमाएको छ। चौथो विकेटमा विराट कोहली आउट भएका छन् ।
उनी ५४ रन बनाएर आउट भएका हुन् । उनलाई अस्ट्रेलियाका कप्तान पाट कमिन्सले २८.३ ओभरमा आउट गरेका हुन् ।















प्रतिक्रिया