मंगलबार, १२ मंसिर २०८०
DainikNepal.com
मंगलबार, १२ मंसिर २०८०

जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो बन्यो

दैनिक नेपाल २०८० मंसिर ३ गते १०:२०

काठमाडौं, ३ मंसिर । हङकङमा जारी चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपाल तेस्रो बनेको छ । आज तेस्रो स्थानका लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गर्‍यो ।

नेपालले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन बनायो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।

यसअघि समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो ।

समूह चरणको पहिलो र दोस्रो खेलमा भने नेपाल पराजित भएको थियो । नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले तथा दोस्रो खेलमा बिहीबार हङकङसित नौ विकेटले पराजित भएको थियो । जापान समूह चरणका तीनवटै खेलमा पराजित भएको थियो ।

महिला टि–२० सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आइसिसी बरियतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङ्कङ २२औँ तथा जापान ५१औँ स्थानमा छन् । तान्जानिया र हङकङले आज नै उपाधिका लागि खेल्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित