काठमाडौं, ३ मंसिर । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४४ रुपैयाँ ५६ पैसा र बिक्री दर १४५ रुपैयाँ २१ पैसा रहेको छ ।
यसैगरी बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ३० पैसा र बिक्री दर १६६ रुपैयाँ ०४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस