मंगलबार, १२ मंसिर २०८०
DainikNepal.com
मंगलबार, १२ मंसिर २०८०

विश्वकप क्रिकेटको फाइनल खेल आज, उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै

दैनिक नेपाल २०८० मंसिर ३ गते ६:३५

काठमाडौं, ३ मंसिर । भारतमा जारी आइसिसी एकदिवसिय विश्वकप क्रिकेटको फाइनल खेल आज आइतबार हुँदैछ ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने फाइनल खेल दिउँसो २ः१५ बजेबाट सुरु हुनेछ ।

उपाधिका लागि आयोजक भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्लेस सहभागि हुने गुजरात राज्य सरकारले जनाएको छ ।

सन् १९७५ बाट सुरु भएको एक दिवसीय विश्वकप क्रिकेटको हालसम्म भएका १२ वटा शृङ्खलामा अष्ट्रेलियाले पाँच पटक उपाधि जित्दा भारत र वेष्ट इन्डिजले समान २-२ पटक उपाधि जितेका छन् । यसैगरी इङ्ल्याण्ड, श्रीलंका र पाकिस्तानले समान एक-एक पटक उपाधि जितेका छन् ।

फाइनल खेलअघि भारतीय वायुसेनाको एयर शो

फाइनल  खेलअघि भारतीय वायुसेनाको वायुसेनाको एयर शो हुनेछ । यसका लागि वायुसेनाको एरोबेटिक टोली सूर्यकिरणले शुक्रबार र शनिबार यसको रिहर्सल गरेको थियो । यो शो खेल हुनुभन्दा करिब १० मिनेटसम्म चल्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित