२ कार्तिक २०८३, सोमबार

दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सियोल, २ मंसिर । दक्षिण कोरियाको एउटा अस्पतालमा शनिबार आगलागी हुँदा ३८ जना घाइते भएका छन् ।

योनहाप समाचार एजेन्सीले जनाएअनुसार राजधानी सियोलबाट करिब २०० किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित छतले अस्पतालमा शुक्रबार स्थानीय समय अनुसार बिहान ८ः१० बजे आगलागी भएको थियो।

विरामीहरू सहित लगभग ९० वटा उद्धारकर्ताहरू मध्ये चौध जनालाई श्वासप्रश्वासमा जटिलता देखिएको छ भने, समान्य चोटपटक लागेको छ । करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो । घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ । सिन्ह्वा