
काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा आफूहरूले नेकपा एमालेलाई सरकारबाट नबाहिरिन आग्रह गरेको बताएका छन् ।
शुक्रबार विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै नेता कोइरालाले अहिले पनि कोशी प्रदेशमा एमालेलाई सरकारमा ल्याउने प्रयास भइरहेको बताउदै बजेट आएपछि सरकारले पूर्णता पाउने समेत बताए ।
उनले अब पनि सहमतिको सरकार बनाउने प्रयास जारी रहेको धारणा राखे । नेता कोइरालाले जनतालाई आशा देखाउने गरी सरकारले काम गर्न नसकेको बताउदै चिन्तित हुनुपर्ने अवस्था भने नआएको जिकिर गरे ।
कोइरालाले गणतन्त्र खराब व्यवस्था नभएपनि राजनैतिक दलका नेताहरुको कारण बद्नाम भएको र जनतामा निराशा छाएको धारणा राखे । नेता कोइरालाले मिडियाले सरकारको विरोध गर्ने कार्यलाई सल्लाहका रूपमा लिएर सच्चिँदै जानुपर्ने र सरकार प्रमुखबाट बेला बेलामा भईरहेको अभिव्यक्तिले पनि अराजकता निम्तिएको बताए ।
नेता कोइरालाले अन्य देशहरूको उदाहरण दिँदै सामाजिक संजालहरूलाई नियमन गर्नुपर्ने बेला सरकारले टिकटक माथि प्रतिबन्ध लगाउनु ठूलो गल्ती भएको बताए ।















प्रतिक्रिया