३० आश्विन २०८३, शुक्रबार

फिफा विश्वकप छनोट: नेपाल यूएईसँग पराजित

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई) सँग पराजित भएको छ ।

गएराति युएईको दुबईमा भएको खेलमा नेपाल यूएईसित ४–० गोलअन्तरले पराजित गरेको हो । युएईका लागि कप्तान अली मखबूटले दुई तथा खलिफा अल हम्मादी र फावियो लिमाले एक एक गोल गरेका थिए ।

यूएईले चारै गोल पहिलो हाफमा गरेको हो । दोस्रो हाफमा भने नेपालले युएईलाई गोल गर्नबाट रोकेको थियो । पहिलो हाफमा युएईले नेपाललाई पुरै दबाबमा राखेको थियो । खेलको १०औँ मिनेटमा युएईका लागि खलिफा अल हम्मादीले पहिलो गोल गरेका थिए ।

यस्तै खेलको ३४औँ मिनेटमा यूएईले पेनाल्टीमार्फत दोस्रो गोल गरेको थियो । उक्त गोल अली मखबूटले गरेका थिए । यस्तै खेलको ४४औँ मिनेटमा युएईका लागि मखबूटले नै अर्को गोल गरे । युएईका लागि पहिलो हाफको अतिरिक्त समयमा फाबियो लिमाले चौथो गोल गरे ।
दोस्रो हाफमा भने यूएईले आक्रमक खेल खेले पनि गोल गर्न भने सकेन ।

युएईका खेलाडीको पटक पटकको प्रयास नेपाली खेलाडीले विफल पारे । युएईसितको खेलमा अन्जन राई, छिरिङ लामा र योगेश गुरुङले डेब्यू गरेका थिए ।

नेपालले छनोटअन्तर्गत आफ्नो दोस्रो खेल यही मङ्सिर ५ गते यमनविरुद्ध दशरथ रङ्गशालामा खेल्नेछ । लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो ।