९ कार्तिक २०८३, सोमबार

‘समृद्धिका लागि संकल्प यात्रा’को तयारीमा जुट्यो एमाले सुदूरपश्चिम प्रदेश कमिटी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ३० कात्तिक । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले ‘समृद्धिका लागि संकल्प यात्रा’ को तयारी थालेको छ ।

मंसिर १४ गतेबाट सुरु हुने यात्राको पूर्व तयारी र व्यवस्थापनका लागि प्रदेश कमिटीले आन्तरिक गृहकार्य सुरु गरेको सचिव रणबहादुर चन्द्रले बताए। एमालेले बैतडीको झुलाघाट देखि पाँचथरको चिवा भन्ज्याङसम्म पुष्पलाल मध्य पहाडी राजमार्गमा ‘समृद्धिका लागि संकल्प यात्रा’ सञ्चालन गर्न लागेको हो ।

यात्राको तयारीका लागि प्रदेश कार्यालयमा पदाधिकारी बैठक बसेको छ । प्रदेश इन्चार्ज तथा पार्टी केन्द्रीय सचिव छविलाल विश्वकर्मा र कर्णाली इन्चार्ज तथा केन्द्रीय सचिव लेखराज भट्ट सहितको उपस्थितिमा तयारीका विषयमा छलफल गर्न बैठक बसेको हो ।

बैठकमा प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशी, उपाध्यक्ष कालीबहादुर शाही, सचिव रणबहादुर चन्द्र, उपसचिव भगीरथी विष्ट र नरबहादुर विश्वकर्मा सहभागी थिए । अवस्था अध्ययन तथा अन्य तयारी विषयमा छलफल गर्न पार्टी केन्द्रीय उपमहासचिव विष्णु रिमाल नेतृत्वको उच्चस्तरीय टोलीले समेत सम्भावित स्थलको अध्ययन यसअघि नै गरिसकेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेतृत्वदेखि सिंगो पार्टी पंक्तिलाई अभियानमा उतार्ने लक्ष्य एमालेले लिएको छ । बैठकमा भूकम्पपीडितलाई पार्टी कमिटीका तर्फबाट अभियानमा दौरानमा हुने सहयोग बारे पनि छलफल गरिएको छ ।