३० आश्विन २०८३, शुक्रबार

महिला टी–२० सिरिज : नेपाल हङकङसँग ९ विकेटले पराजित

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कात्तिक । महिला टी–२० सिरिजमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको छ ।

नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले ९ ओभरमा एक विकेटका क्षतिमा पूरा गर्‍यो ।

घरेलु टिम हङकङसँग भएको खेलमा पराजित भएसँगै नेपाल सिरिजको फाइनलमा पुग्न असफल भएको छ ।

हिजो भएको पहिलो खेलमा नेपाल तान्जेनियासँग २७ रनले पराजित भएको थियो । चार देश सम्मिलित सिरिजमा आयोजक हङकङसँगै, नेपाल, तान्जेनिया र जापान सहभागी छन् ।

नेपालले समूह चरणको अन्तिम खेल आगामी मंसिर २ गते जापानसँग खेल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।