३० आश्विन २०८३, शुक्रबार

भारत क्रिकेट विश्वकपको फाइनलमा

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कात्तिक । भारत क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा भारतले न्युजिल्याण्डलाई ७० रनले हराउँदै गर्दै विश्वकपको फाइनलमा पुगेको हो ।

भारतले दिएको ३९८ रनको लक्ष्य पछाएको न्युजिल्याण्डले ४८.५ ओभरमा अल आउट हुँदै ३२७ रन बनाएको थियो ।

न्युजिल्याण्डलाई अल आउट गर्ने क्रममा भारतका बलर मोहमद शामीले ७ विकेट लिएका थिए । त्यस्तै जसप्रित बुमराह, मोहमद सिराज र कुलदीप यादवले समान १/१ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले ५० ओभरमा ४ विकेट गुमाउँदै ३९७ रन बनाएको थियो ।

योसँगै यसअघि दुई पटक १९८३ र २०११ मा विश्वकप जितेको भारत चौथो पटक विश्वकपको फाइनलमा पुगेको हो । यसअघि २००३ मा भारत उपविजेता बनेको थियो ।

अब दोस्रो सेमिफाइनलमा आज बिहीबार दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच खेल हुँदैछ । यो खेलको विजेताले फाइनलमा भारतसँग आइतबार उपाधिका लागि खेल्ने छ ।