३० आश्विन २०८३, शुक्रबार

विश्वकप क्रिकेटको सेमिफाइनलका खेल आजबाट, भारत र न्युजिल्याण्ड भिड्दै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल चरणका खेलहरु आजदेखि सुरु हुँदैछ ।

खेल तालिकाअनुसार आज पहिलो सेमिफाइनल खेल हुनेछ भने दोस्रो सेमिफाइनल खेल भोलि हुनेछ । समूह चरणको खेलबाट आयोजक भारतसहित दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्याण्ड अन्तिम चारमा प्रवेश गरेका छन् ।

 पहिलो सेमिफाइनल खेलमा आज भारतले न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल वानखेडे क्रिकेट रंगशालामा दिउँसो २ः१५ बजेबाट सुरु हुनेछ ।

सेमिफाइनलको दोस्रो खेलमा भोलि अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्ने छन् ।

सेमिफाइनल चरणको खेलबाट दुई टोली फाइनलमा पुग्नेछन् । विश्वकप क्रिकेटको विजेताले ट्रफी र मेडल सहित ४० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले मेडल सहित २० लाख डलर पुरस्कार प्राप्त गर्नेछ ।

सेमिफाइनल चरणबाट बाहिरिने दुबै टोलीलाई पनि ८ लाख डलर पुरस्कार दिइने छ । आइसिसीले समूह चरणबाटै बाहिरिने प्रत्येक टोलीलाई पनि १ लाख अमेरिकी डलर दिनेछ ।