८ कार्तिक २०८३, आइतबार

महोत्तरीमा माओवादी र नेकपा एसका ६५० बढी एमालेमा प्रवेश, वरिष्ठ उपाध्यक्ष पोखरेलले गरे स्वागत

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, २८ कात्तिक । महोत्तरी जिल्लामा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी पार्टी परित्याग गरी ६५० जनाभन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष कौशिलाल यादव, उपसचिव अरुण सिंहसहित जिल्ला कमिटीका नेता र माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यहरुसहित ६५० जनाभन्दा बढी एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरे । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेमा प्रवेश गरेकाहरूलाई योग्यता र क्षमताको आधारमा उचित जिम्मेवारी दिइने बताए ।

‘समृद्धि नेपाल, सुखी नेपाली’ अभियानमा एमालेको नीति, सिद्धान्त र विचारलाई दृढताका साथ अगाडी बढाउन पनि उनले नेता कार्यकर्ताहरूलाई निर्देशन पनि दिए ।