८ कार्तिक २०८३, आइतबार

बैतडीमा दुईजना मृत फेला

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २८ कात्तिक । बैतडीमा आज दुईजना मृत फेला परेका छन्। जिल्लाको मेलौली नगरपालिका–७ ओझागाउँका अन्दाजी ३८ वर्षीय लोकेन्द्र ओझा र डिलाशैनी गाउँपालिका–७ का ५० वर्षीय नरेन्द्रबहादुर ऐर मृत फेला परेका हुन् ।

सोमबार दिउँसो गाउँकोट भन्ने ठाउँमा कपडा सिलाउन जान्छु भनी हिँडेका ओझा आज बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।

मेलौली नगरपालिका–७ मङ्गराउ भन्ने स्थानमा सडकबाट करिब पाँच मिटर तल ओझाको शव फेला परेको प्रहरीले जनाएको छ। ओझा अपाङ्गता भएका व्यक्ति रहेको बुझिएको छ । ओझाको मृत्युको कारण भने खुलेको छैन ।

घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक केसीकै नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ। यस्तै सोमबार राति ८ बजे घरबाट स्थानीय बजार द्वाली जान्छु भनी हिँडेका ऐर मनेकुडास्थित बाटोबाट लडेर दुई सय मिटर तल खसी मृतावस्थामा फेला परेका हुन् ।

ऐरको शव आज बिहान फेला परेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।