
काठमाडौं, २८ कात्तिक । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले टिकटकमा आफ्नो नामको फेक आइडीले दुख दिएको बताएका छन् ।
सामाजिक सञ्जालमा लैख्दै बालेनले आफ्नो पहिलाको भिडिओको दुरूपयोग गरेर टिकटक लाइभ गरेर र आफ्नो नामबाट धेरै फेक आइडी बनाएर मिथ्या सूचना प्रसारण गरेको बताएका हुन् । यस्ता फेक आइडीका बारेमा आफूले टिकटकलाई जानकारी गराउँदै कयौँ पल्ट हटाउन अनुरोध गर्दा पनि टिकटकले ध्यान नदिएको बताएका छन् ।
उनले आफूले नेपाल प्रहरीको साइबर ब्यूरो, नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि गुहारेको तर केही गर्न नसकेको बताएका हुन् । फेक आइडीले गर्दा आफ्ना शुभचिन्तकहरूलेसमेत दु:ख पाएका उनले उल्लेख गरेका छन् ।
तर यसका बाबजुत पनि टिकटक बन्दै गर्न भने नहुने उनको धारणा छ । टिकटकले विकृतिमात्रै नल्याई धेरै नयाँ उद्यमीहरूलाई बजार प्रवर्द्धन गर्ने ठाउँ भएको, मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठाउँ भएको र नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रियकरण गर्ने मद्वत गरेको पनि बताएका छन् ।
मेयर बालेनले टिकटक लगायत सामाजिक सञ्जाल बन्द नगरी अनुगमन गर्ने र नियममा ल्यान प्रयास गर्नुपर्नेमा जोड दिएका छन् । करको दायरामा ल्याएर गलत गर्ने कुरालाई सेन्सर गर्ने आफ्नो संयन्त्र विकास गर्न पनि उनले सरकारसँग माग गरेका छन् ।















प्रतिक्रिया