८ कार्तिक २०८३, आइतबार

नियमनका नाममा छनौट आधारित प्लेटफर्म नै बन्द गर्ने कुरा उचित भएन: शंकर पोखरेल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नियमनका नाममा सामाजिक सञ्जाल बन्द गर्ने कुरा उचित नभएको बताएका छन् ।

सोमबार मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि महासचिव पोखरेलले नियमनकारी कानून बनाउँदा विरोध गर्ने तर नियमनका नाममा छनौट आधारित प्लेटफर्म नै बन्द गर्ने कुरा उचित नभएको बताएका हुन् ।

अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ वा हुन्छ भन्ने कुरा सत्य नभएको बताउँदै उनले कन्टेन्ट आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त बाटो भएको बताएका छन् ।