८ कार्तिक २०८३, आइतबार

सामाजिक सञ्जाल नियमन गर्ने हो, बन्द होइन: रवि लामिछाने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टिकटक बन्द गर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।

सामाजिक सञ्जालमार्फत निर्णयको विरोध गर्दै लामिछानेले टिकटकमा कयौँ खराब भएपनि प्राविधीक रूपमा त्यसलाई नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।

राजनीतिक दलको उदाहारण दिँदै लामिछानेले राजनीतिक दलमा पनि कयौँ नेता भ्रष्ट भएका र अब पार्टी नै बन्द गर्ने हो ? भन्दै प्रश्न समेत गरेका छन् । ‘सत्ताधारी दल कै कयौँ नेताहरु भ्रष्ट होलान् । के अब पार्टी नै बन्द गरिदिने हो त ?,’ लामिछानेले लेखेका छन् ।

मूलधारले ढोका बन्द गरेका कयौं प्रतिभाहरू सामाजिक सञ्जालबाट उदाएका, मूलधारले लुकाएका कयौं समाचार सामाजिक संजालले उजागर गरेका र सामाजिक सञ्जालले फैलाएका कयौँ अफवाहलाई मूलधारले झुठो प्रमाणीकरण गरेको उनले बताएका छन् ।

आजको युगमा सोसल मिडियाको विकल्प सुधारिएको सोसियल मिडिया भएको उनले लेखेका छन् ।