८ कार्तिक २०८३, आइतबार

टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ: गगन थापा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।

थापाले सरकारले टिकटक बन्द गर्ने निर्णय गरेर उल्टो बाटो हिँडेको बताएका हुन् । सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक हुने तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत भएको उनको भनाइ छ ।

सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय भएको उनले टिप्पणी गरेका छन् । यसमा सरकारको नियत अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता लाई कुण्ठित गर्ने देखिएको उनले आरोप लगाएका छन् ।

थापाले सरकारले टिकटक बन्द गर्ने निर्णय फिर्ता लिनुपर्ने माग गरेका छन्।