
काठमाडौं, २७ कात्तिक । सरकारले जाजरकोट भूकम्पबाट घरमा आंशिक क्षति भएका परिवारलाई पनि अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले आंशिक क्षति भएका घर निर्माणका लागि पनि ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।
यसअघि सरकारले पूर्ण क्षति भएका परिवारको अस्थायी आवास निर्माणका लागि ५० हजार दिने निर्णय गरिसकेको छ ।















प्रतिक्रिया