काठमाडौं, २७ कात्तिक । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४२ रुपैयाँ १४ पैसा र बिक्री दर १४२ रुपैयाँ ७८ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ६४ पैसा र बिक्री दर १६३ रुपैयाँ ३७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस