८ कार्तिक २०८३, आइतबार

यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ ।
गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री पत्नी दाहालको गत असार २७ गते निधन भएको थियो । यसअघि हरेक वर्ष प्रधानमन्त्रीको सरकारी निवासमा देउसी भैलो कार्यक्रम हुने गरेको थियो ।