८ कार्तिक २०८३, आइतबार

चारजना शिकारी पक्राउ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २६ कात्तिक । बर्दिया राष्ट्रिय निकुञ्जले २ थान भरुवा बन्दुक र ४० किलो भन्दा बढी सुकुटी सहित ४ जनालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा उनीहरुलाई हिजो शनिबार पक्राउ गरिएको निकुञ्ज प्रशासनले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज र देविदत्त गणबाट सर्च अपरेशन गरी उनीहरूलाई सुर्खेतको बराहताल गाउँपालिका‐१ तेलपानीबाट जरायोको सुकुटी र भरुवा बन्दुक सहित पक्राउ गरिएको निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत बद्रिविनोद दाहालले जानकारी दिए ।

पक्राउ पर्नेमा बराहताल गाउँपालिका‐१ तेलपानी सुर्खेतका गमन वली, सोही ठाउँका श्यामबहादुर वली, चन्द्रबहादुर वली र दिलबहादुर वली रहेका छन् । चोर शिकारी गरी जरायो मारेर सुकुटी बनाएको भन्ने गोप्य सूचना पाएको र सोही अनुसार सर्च अपरेशन गर्दा उनीहरुलाई घरबाटै पक्राउ गरिएको संरक्षण अधिकृत दाहालले बताए ।

यसैगरी गत २१ गते भेरीगंगा नगरपालिका‐२, लेखपराजुल सुर्खेतका २ जनालाई ३ वटा बन्दुक सहित पक्राउ गरिएको संरक्षण अधिकृत दाहालल बताए ।