८ कार्तिक २०८३, आइतबार

रियो बन्यो यो वर्षकै उत्कृष्ट कुकुर

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । नेपाल प्रहरीको रियो नामक कुकुर यो वर्षकै उत्कृष्ट कुकुर बन्न सफल भएको छ ।

कुकुर तिहारका दिन आइतबार प्रहरीले रियोलाई उत्कृष्ट कुकुर घोषणा गरेको हो । रियोले रौतहटमा भएको हत्याकाण्डमा संलग्नको पत्ता लगाउन सहयोग गरेको थियो ।

गत असार २९ गते राति सुतेकै अवस्थामा रौतहटको देवाही गोनाही नगरपालिका–६ का ३५ वर्षीय जगरनाथ साहको हत्या भएको थियो । घटनापछि वीरगन्जस्थित केनाइन शाखाबाट अपराध अनुसन्धानमा खटिँदै आएको रियो नामको ‘ट्रयाकर डग’लाई घटनास्थलमा प्रयोग गरिएको थियो ।

घटनास्थलमा प्राप्त प्रमाण रियोलाई सुँघाएर गरिएको अनुसन्धानमा रियोले हत्याराको पहिचान गर्न सफल भएको थियो । रियोले साहकै श्रीमती चन्दा साहलाई संकेत गरेको थियो ।

चन्दालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गर्दै उनैले श्रीमानको हत्या गरेको खुलेको थियो ।